काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन्।
उनीहरूले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएको र रकम लिएपछि सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ
क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ
तपाईको प्रतिक्रिया



