काठमाडौँ । चीनले केरुङ नाकामा सडकपछि बिजुली पनि पुर्याएको छ। यससँगै उद्धार कारबाही नयाँ चरणमा प्रवेश गरेको चीनले जनाएको छ।
चीनले सो स्थानमा बाटो यसअघि नै पुर्याइसकेको छ। सो ठाउँमा २३ सय मानिस, ४ सय सवारी, ८ हजार उद्धार उपकरण परिचालन गरिएको चीनको भनाइ छ।
बिजुली जोडिएपछि फ्रन्टलाइनको काममा सहजता थपिएको उद्धारकर्मीहरूले बताएका छन्। मुख्य क्षति पुगेको स्थानमा खोजीको काम भइरहेको बताइएको छ।
हिलोमा ठुलठुला ढुंगा गाडिएका कारण खोजी तथा उद्धारमा कठिनाइ आएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै सीजीटीएनले जनाइएको छ।


