काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका निम्ति निःशुल्क बस सेवा सुरु गरेको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका निम्ति निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
उद्धारका निम्ति सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।


