काठमाडौँ । कृष्णभिरस्थित सडक त्रिशूली नदीले कटान गरेको छ। जसले गर्दा पृथ्वी राजमार्गस्थित कृष्णभिर सडक भासिएको छ।
आइतबार बिहान सडक किनारको केही भाग भासिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको हो।
त्रिशूली नदीमा आज पुनः ठूलो बाढी आएपछि सडक भासिएको थियो।
बाढीको बेग सडकको भित्तामा ठोक्किएपछि कटान बढ्दै जाँदा सडक भासिएको हो। सडक भासिएपछि अहिले मानिसहरूलाई हिँड्न पनि रोक लगाइएको प्रहरीले जनाएको छ ।


