काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।
बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्।
सत्ता साझेदार नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएको थियो। यसबीच मुख्यमन्त्री बानियाँले बहुमत जुटाउने कोसिस पनि गरेका थिए।
उनले नेकपा एमाले र नेकपालाई बहुमत जुटाएर सरकार बनाउन आग्रह गरेका छन्। यहाँ एमाले र नेकपालाई नयाँ सरकार बनाउन २ जना सांसद चाहिन्छ।
१२ जना सांसद रहेको राप्रपा भने तटस्थ बस्ने निर्णय गरिसकेको छ।
यहाँ सरकार बनाउन बहुमत पुर्याउन ५३ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वास मत लिने भने पनि बहुमत जुट्ने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन्।


