• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

  • ४. पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

  • ५. आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

  • ६. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ७. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ८. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ९. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • १०. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल आयल निगमले शनिवार मात्रै उपभोक्ताहरूलाई निगमको टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धारा, पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल बिक्री केन्द्रहरूबाट विभिन्न ब्रान्डको ६,८०२ एलपी ग्यासका सिलिन्डरहरू प्रत्यक्ष रूपमा बिक्री गरेको छ। आइतबार पनि निगमले निगमको टेकु परिसर, पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजार जुडो हल परिसर, ताकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट एलपी ग्यासका सिलिन्डरहरू वितरण गरिरहेको छ। ग्यास लिनका लागि उपभोक्तहरु लामो लाइन बसिरहेका छन् । तर पनि उनीहरूले सहज मात्रामा ग्यास पाउन सकेका छैनन् ।

    Advertisement

    बजारमा ग्यास अभाव भएपछि उधोगमन्त्री गौरीकुमारी आफै लागि परेकी छिन् । उनी उपभोक्तालाई फोन गरेर ग्यास उपलब्ध गराउनदेखि बजार अनुगमनमा सक्रिय बनेकी छिन् । उनी होटेलदेखि ग्यास उद्योगसम्म ग्यासको अनुगमनका लागि आफै निस्केकी छिन् । उपभोक्तालाई फोनमा ग्यास अभाव छैन भन्दै विश्वस्त पारिरहेकी छिन् । तर यता उपभोक्ता भने ग्यास नपाएकै कारण सिलिन्डर बोकेर लाइन बस्न बाध्य छन् ।

    नेपाल आयल निगमको प्रवक्ता तथा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक मनोजकुमार ठाकुर उपभोक्ताले ग्यास स्टक राख्न खोज्दा अभाव सिर्जना भएको दाबी गर्छन्। उपभोक्ताका सबै खाली सिलिन्डर भरिने गरी ग्यास आएमा वा उपभोक्ताले स्टक राख्न नखोजेमा मात्र ग्यासको अभाव देखिन छाड्ने उनको भनाइ छ । तर, यो अवस्था तत्कालै नदेखिएको उनले बताए ।

    ठाकुरले भने,“नेपालमा मासिक ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । साउन ३० गतेसम्मको तथ्याङ्क हेर्नुहुन्छ भने ५५ हजार मेट्रिक टन ग्यास आइसकेको छ। ग्यास खपत भन्दा बढी ग्यास आउँदा पनि बजारमा अझै अभाव उस्तै छ भनेसि उपभोक्ताले स्टक राखेर नै अभाव देखिएको हो ।”

    गत फागुनमा ५४ हजार मेट्रिक टन ग्यास आएको थियो सो बेलामा पनि ग्यास अभाव नै रहेको ठाकुर बताउँछन् । “गत फागुनमा हेर्नुहुन्छ भने ५४ हजार मेट्रिक टन ग्यास आएको छ । त्यतिखेर पनि अभाव देखियो । त्यसपछि आधा भरेको सिलिन्डर पठाइयो, यतिखेर ३२ हजार मेट्रिक टन ग्यासले पनि अभाव भएन । चैतमा ३८ हजार मेट्रिक टन ग्यास आयो । वैशाखमा ३२ हजार, जेठमा ३३ हजार मेट्रिक टन ग्यास आयो । यतिखेर अभाव सुनिएन । हाफ सिलिन्डरले पनि उपभोक्तालाई सहज गराएको थियो, उनले भने,तर यो बिचमा खपत हुने ४५ हजार मेट्रिक टन ग्यास आएन । यसले गर्दा खाली सिलिन्डर थुप्रिँदै गए । हाफ सिलिन्डर पाउँदा उपभोक्ता पसलमा जाने र ल्याउने गरे । तर, यस बेला न उपभोक्ताकोमा न त डिलर र उद्योगमा स्टक रह्यो।”

    निगमले दुई दिन वितरण गरेको ठाउँमा पनि अति आवश्यक भएका उपभोक्ता भन्दा अन्य नै आउने गरेको पनि उनी बताउँछन् । उनले भने, “यो बिदाको दुई दिन सरकारले ग्यास बाडेको ठाउँमा हामीले अत्यावश्यक भएको, पकाउँदा पकाउँदै ग्यास सकिएका, घरमा अर्को ग्यास नभएकोलाई बाडेका हौँ । तर त्यहाँ स्टक राख्ने नै उपभोक्ता आइरहेका छन् जस्तो हामीलाई लाग्छ।”

    उपभोक्ताहरूले ग्यास स्टक नराख्ने हो भने अवस्था सहज हुने उनको दाबी छ।

    • #ग्यास अभाव #नेपाल आयल निगम #उधोगमन्त्री गौरीकुमारी
    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग
    नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 
    इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख
    पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने
    नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा
    रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

    • ४.
      पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

    • ५.
      आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    • ६.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    भर्खरै

    • १.
      खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

    • २.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ३.
      हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

    • ४.
      नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

    • ५.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ६.
      इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    • ७.
      सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    • ८.
      पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.