काठमाडौं । कैलालीमा आर्थिक वर्ष २०८२/८३ मा ७९ हजार ५६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्। तीमध्ये ३६ हजार २० परिचयपत्र छपाइ भएर आए पनि ४ हजार ७४० जनाले मात्रै परिचयपत्र बुझेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोही अवधिमा १० हजार ९८ जनाले वंशजका आधारमा नागरिकता, ७ हजार ५४ जनाले राहदानीका लागि आवेदन दिएका छन् भने ६ हजार ४३८ राहदानी वितरण गरिएको छ। राहदानी शुल्कबाट मात्रै ३ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
कार्यालयले गत आर्थिक वर्षमा १९८ नयाँ मुद्दा दर्ता गरी १०८ वटा फर्छ्योट गरेको जनाएको छ। साथै, ६८ संस्था दर्ता, ४९८ संस्था नवीकरण र कुल ४ करोड ६६ लाख १७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा समन्वय र सुधारलाई थप सुदृढ बनाइने बताएका छन्।


