काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउन लागेको चलचित्र झिंगे दाउ–२’को पहिलो गीत ८८‘महिमा आमाको’८८ सार्वजनिक गरिएको छ।
गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको छ भने शब्द डा। कृष्णहरि बराल र संगीत अर्जुन पोखरेलको रहेको छ। गीतले आमाको ममता, त्याग र वृद्धाश्रममा बस्न बाध्य हुने आमाहरूको पीडालाई भावुक ढंगले प्रस्तुत गरेको निर्माणपक्षले जनाएको छ।
सार्वजनिक भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मासहित मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहलाई देख्न सकिन्छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनको रहेको छ भने कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। छायांकन विवेक बस्नेत र ईश्वर सिंखेमानले गरेका छन्।
‘झिंगे दाउ–२’को ‘महिमा आमाको’ दर्शकमाझ
‘झिंगे दाउ–२’को ‘महिमा आमाको’ दर्शकमाझ
तपाईको प्रतिक्रिया


