• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

‘मालती मंगले’ को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् ।

    Advertisement

    चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन् । पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन् ।

    विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष प्रदर्शनीसँगै दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको साङ्गीतिक कार्यक्रमसमेत सँगसँगै आयोजना हुनेछ ।

    सार्वजनिक गरिएको प्रदर्शन तालिकाअनुसार अमेरिकाको बोस्टनमा जुन ५ तारिख र न्यु ह्याम्पसायरमा जुन ६ तारिखमा चलचित्र प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम हुनेछ। त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा चलचित्र प्रदर्शन गरिनेछ ।

    यसैगरी, जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा चलचित्रको ‘रेड कार्पेट प्रिमियर’ भव्य रूपमा आयोजना हुनेछ भने अस्ट्रेलियाका अन्य सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिइनेछ । साथै, युरोपका विभिन्न मुलुकहरूमा समेत चलचित्र रिलिज हुने र सो रिलिज तथा साङ्गीतिक कार्यक्रममा ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली तथा अन्य कलाकारहरूको समेत सहभागिता रहने जनाइएको छ ।

    रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् ।

    चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको डायस्पोरा प्रदर्शनले त्यहाँ रहेका नेपाली चलचित्र प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

    सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह–निर्माताका रूपमा लगानी गरेका छन् । कलाकारहरूको जीवन्त अभिनयका साथै चलचित्रको प्राविधिक पक्षसमेत उत्कृष्ट रहेको छ ।

    चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन र कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ । त्यसैगरी, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने डिकेश खड्गीले ध्वनि मिश्रणको जिम्मेवारी सम्हालेका छन् ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’
    बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ
    प्रियंका कार्कीको ‘मास्टर्नी’ को कमाइ ४० लाख
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.