• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

अपशब्द प्रयोग गरी ट्रम्पले थर्काए नेतन्याहूलाई


  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई थर्काएका छन्। इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका हुन्। त्यसबाट आक्रोशित ट्रम्पले नेतन्याहूलाई अपशब्द नै प्रयोग गरेर थर्काएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। उनीहरूबीच सोमबार टेलिफोन संवाद भएको थियो। आक्रोशित भएर ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको छ।

    Advertisement

    फोनवार्ता हुँदा ट्रम्प अत्यधिक रिसमा प्रस्तुत भएको त्यसबारे जानकार दुई अमेरिकी उच्च अधिकारी र अर्का एक स्रोतलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ। फोन वार्ता सुरू हुनासाथ ट्रम्प ‘तिमी के गरिरहेका छौ?’ भनेर चिच्याएका थिए। ‘तिमी पागल हौ? के गरेको? म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। तिमीलाई मैले बचाइरहेको छु। सबैले तिमीलाई घृणा गर्छन्। त्यसकारण इसराइललाई पनि अहिले धेरैले मन पराउन छाडेका छन्,’ ट्रम्पले नेतन्याहूलाई कड्किएर भनेका थिए।

    एक अमेरिकी अधिकारीका अनुसार त ट्रम्पले बेरुतमा आक्रमण योजना कार्यान्वयन गरे इसराइल विश्वभर थप एक्लिने चेतावनी समेत दिएका थिए भनेर एक्सियसले लेखेको छ। फोनवार्तापछि ट्रम्पले इरानसँगको वार्ता तीव्र गतिमा जारी रहेको भनेर आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका थिए। नेतन्याहूले भने फोनवार्तापछि जारी वक्तव्यमा हिजबुल्लाहले इसराइलमाथि आक्रमण रोक्न नसके बेरुतका लक्ष्यमा हमला गरिने ट्रम्पलाई जानकारी गराएको बताएका छन्। उनले दक्षिणी लेबननमा इसराइलको सैन्य अभियान जारी रहने पनि स्पष्ट पारेका छन्। ‘हाम्रो अडान उही छ,’ नेतान्याहूले भनेका छन्।

    तर टेलिफोन वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले भने ट्रम्पले थर्काउँदा नेतन्याहूले ‘ठिक छ। सबै ठिक छ। सबै कुरा व्यवस्थापन भएको सुनिश्चित गर्नुस्,’ भनेर उत्तर दिएको बताएका छन्। सोमबार नै इरानले लेबननमा इसराइली कारबाहीका कारण अमेरिकासँग चलिरहेको वार्ता छाड्न सक्ने चेतावनी दिएको थियो। त्यसैबीच ट्रम्पले नेतान्याहूलाई इसराइलको कदमप्रति कृतघ्न रहेको आरोप लगाएका थिए। इसराइलमाथि हिजबुल्लाहले आक्रमण गरिरहने हुनाले इसराइलले आफ्नो सुरक्षा गर्न आवश्यक हुने भनेर ट्रम्पले बुझे पनि पछिल्लो दिनमा नेतन्याहूले अत्यधिक रूपमा सैन्य तनाव बढाएको महसुस उनले गरेका छन्।

    लेबननमा धेरै सर्वसाधारण मारिएको घटनाले पनि ट्रम्प चिन्तित रहेको बताइन्छ। हिजबुल्लाहको कमान्डरलाई निशाना बनाउन पूरै भवन नै ध्वस्त पार्ने इसराइली रणनीतिमा पनि ट्रम्पले असहमति जनाएका छन्। यसअघि पनि ट्रम्प र नेतान्याहूबीच तनावपूर्ण संवादहरू भएका थिए। इरान युद्धबारे ट्रम्प र नेतन्याहूबीच मतभेद छ। ट्रम्प तत्काल अर्को भीषण आक्रमणभन्दा सम्भावना बाँकी रहुन्जेल वार्ताबाटै इरानसँग सम्झौता गर्न चाहन्छन्। नेतन्याहू इरानमाथि भीषण हमला गर्नुपर्ने भनेर ट्रम्पलाई दबाब दिँदै आएका छन्। दुई साताअघि ट्रम्पले इरानमा भीषण हमलाको तयारी गरेर अन्तिममा रोकेपछि नेतन्याहू ट्रम्पप्रति असन्तुष्ट थिए। त्यसो त यसअघि फेब्रुअरी २८ मा आक्रमण गरेपछि युद्धविराम पनि इसराइललाई थाहै नदिइ गरेको थियो। त्यसबाट पनि इसराइल असन्तुष्ट थियो।

    मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.