• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

  • ४. सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

  • ५. उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

  • ६. मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

  • ७. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ८. सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

  • ९. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • १०. बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ । करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ ।
    वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ ।

    Advertisement

    स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ । हिउँदमा जसोतसो सवारी गुड्ने गरे पनि वर्षायाम सुरु भएपछि यो खण्ड भयावह बन्ने गरेको छ । स्थानीय राजेन्द्र चौहान भन्छन्, ‘पहिले यहाँ यस्तो समस्या कहिल्यै थिएन । भूकम्पपछि जमिन भित्रभित्रै कमजोर बन्दै गएको आभास हुन्छ । अहिले त कतिपय ठाउँमा पैदल हिँड्न पनि डर लाग्ने भइसकेको छ ।’

    सडक भासिनुको मुख्य कारणबारे स्थानीय स्तरमा सबैभन्दा बढी प्रश्न तत्कालीन पुवाखोला जलविद्युत आयोजना र हालको पुवाखोला जलबिधुत केन्द्रको सुरुङ माथि उठिरहेको छ । पुवाखोलाको पानी माईखोलातर्फ मोडेर करिब ३ किलोमीटर सुरुङ मार्फत पानी ल्याएर उत्पादन गरिएको ६.२ मेगावाट क्षमताको यो आयोजना २०५७ सालदेखि सञ्चालनमा छ ।
    ‘सुरुङ बनेपछि जमिनभित्रको पानीको प्राकृतिक बहाव परिवर्तन भयो,’ स्थानीय राजेन्द्र चौहानले दाबी गरे, ‘आयोजनाको हेडट्यांक मुनिको भू–भाग र हाम्रो खेतबारी वरिपरि पानीका नयाँ मुहानहरू उम्रिन थालेको त्यही बेलादेखि हो। सुरुङबाट पानी ‘सिपेज’ (चुहावट) भएकै कारण जमिन कमजोर भएको हाम्रो अनुमान छ ।‘ यद्यपि, स्थानीयको यो दाबीलाई प्राविधिक रूपमा पुष्टि गर्ने कुनै आधिकारिक वा वैज्ञानिक अध्ययन भने हालसम्म हुन सकेको छैन ।

    बढ्दो नागरिक दबाब र विवादका बीच शनिबार जिल्ला प्रसाशन कार्यालय इलामको अगुवाईमा सडक डिभिजन कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय ,सन्चारकर्मी र पुवाखोला जलविद्युत केन्द्रको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा जलविद्युतको सुरुङभित्र केही स्थानबाट सामान्य रूपमा पानी चुहिएको (सिपेज)अवस्था फेला परेको छ । तर, यो चुहावट नै सडक भासिनुको मुख्य र एकमात्र कारण हो भनिहाल्ने अवस्था नरहेको अनुगमनमा सहभागी रहेकाहरुको भनाई छ ।

    सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, ‘हेडट्यांकदेखि करिब २५० मिटर क्षेत्रभित्र सुरुङ मर्मत गर्नुपर्ने आवश्यकता त देखिएको छ । तर सडक भासिनुमा यसको प्रत्यक्ष भूमिका कति छ भन्ने कुरा विस्तृत प्राविधिक अध्ययनबिना पुष्टि गर्न सकिँदैन ।पुवाखोला जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसालले भू–गर्भीय समस्या जटिल हुने भएकाले तत्कालै कसैलाई दोष दिन नमिल्ने बताए । ‘यो प्रारम्भिक अनुगमन मात्र हो । सुरुङमा केही प्राविधिक मर्मत गर्नुपर्ने देखिए पनि यसैका कारण राजमार्ग प्रभावित भएको हो भन्न वैज्ञानिक आधार चाहिन्छ, उनले स्पष्ट पारे, ‘हामी माथिल्लो निकायसँग समन्वय गरेर छिट्टै विज्ञ टोली ल्याउने तयारीमा छौं ।’

    जानकारहरुका अनुसार पहाडी भेगमा सडक भासिनुमा कुनै एउटा मात्र कारक जिम्मेवार हुँदैन । यसमा भौगोलिक तथा भूगर्भीय संवेदनशीलता (कमजोर माटो र ढुङ्गाको बनावट, २०७२ सालको भूकम्पको पराकम्पनको असर, भूमिगत पानीको बहावमा आएको परिवर्तन, मानव निर्मित संरचना (सडक निर्माण र सुरुङ) को सामूहिक प्रभाव हुन सक्छ ।
    माइखोला राजदुवालीदेखि भञ्ज्याङ् सम्मको क्षेत्रको माटो पानीसँग छिट्टै प्रतिक्रिया गर्ने प्रकृतिको भएकाले यहाँ सानो आन्तरिक परिवर्तनले पनि सतहमा ठूलो असर देखाउने प्राविधिकहरूको भनाइ छ ।

    दैनिक सयौँको संख्यामा सवारी साधन गुड्ने मेची राजमार्गको यो खण्डमा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भय यात्रु र चालकहरूमा छ । स्थानीयले यहाँ समस्या के हो भनेर वर्षौंदेखि बहस र भाषण मात्र भइरहेको तर हामीलाई तत्कालको जोखिमबाट मुक्ति र ठोस समाधान कहिले मिल्छ, कसैले भन्न किन सक्दैन भन्दै गुनासो गर्दै आएका छन ।
    अहिलेसम्मको अवस्थालाई हेर्दा सामान्य टालटुल वा मर्मतले मात्र यो सडक टिकाइराख्न सम्भव देखिँदैन ।

    मेची राजमार्गको यो खण्ड अहिले एउटा पेचिलो प्रश्नको केन्द्र बनेको छ—के यो विशुद्ध प्राकृतिक विपत्ति हो, या मानव–निर्मित संरचनाको अदूरदर्शिताको परिणामरु प्रकृति, प्रविधि वा मानवीय त्रुटि—कारण जे भएपनि राज्यका जिम्मेवार निकायले समयमै सही निष्कर्ष र प्रभावकारी कदम नचाले मेची राजमार्गको यो खण्ड भविष्यमा पूर्ण रूपमा अवरुद्ध भई पूर्वी पहाडकै अर्थतन्त्र र जनजीवन ठप्प हुने निश्चित छ । नागरिकको नजर अब हुने भनिएको उच्चस्तरीय प्राविधिक अध्ययन र त्यसको प्रतिवेदनतर्फ सोझिएको छ ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
    होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
    एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार
    अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द
    रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने
    सडक अतिक्रमण विरुद्ध मुखियापट्टी मुसरनियामा “एक्सन” अध्यक्ष जय कुमार यादव बने जनचर्चाको केन्द्र !

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ३.
      पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    • ४.
      सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

    • ५.
      उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

    • ६.
      मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

    • २.
      होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    • ३.
      काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

    • ४.
      भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

    • ५.
      एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

    • ६.
      अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    • ७.
      सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

    • ८.
      रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.