• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

  • ४. सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

  • ५. मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

  • ६. उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

  • ७. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ८. सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

  • ९. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • १०. बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।
    राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।

    Advertisement

    ‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्,’ उनले भनिन्, ‘बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ । उनीहरू त्यहाँ बन्दीजस्तै गरी बसेका छन्।’ उनले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीहरूले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत पाउन नसकेको उल्लेख गरिन् । घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उनले भनिन्, ‘मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन् । उनको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु।’

    सांसद बिकले काठमाडौँबाट सुकुम्बासी हटाउने सरकारको शैलीप्रति लक्षित गर्दै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिन्। उनले भनिन्, ‘यो सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ । सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ।’
    उनले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन र आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गरिन् ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
    होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
    काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु
    भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
    एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार
    अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ३.
      पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    • ४.
      सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

    • ५.
      मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

    • ६.
      उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

    भर्खरै

    • १.
      दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

    • २.
      होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    • ३.
      काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

    • ४.
      भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

    • ५.
      एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

    • ६.
      अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    • ७.
      सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

    • ८.
      रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.