काठमाण्डौ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । पत्नी निकिता पौडेल, सचिवालयका केही सदस्य र केही सांसदसहित उनी भारत भ्रमणमा जान लागेको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।
दुईदिने भ्रमणमा लामिछानेले भारतको सत्तारुढ दल र अन्य दलका प्रतिनिधिलाई भेट गर्ने कार्यक्रम तय भएको छ । भ्रमण मिति आजभोलि नै तय हुने बताइएको छ ।

