• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • बाजुरा । दिउँसोको करिब १२ बजेको समय, टन्टलापुर घाममा गाउँको एक कुनाबाट ‘ठक्..ठक्..ठक्’ आवाज लयबद्ध रूपमा कानमा गुञ्जिन्छ। त्यो आवाज परम्परागत तान चलिरहेको संकेत हो। त्यही परम्परागत तानसँग जोडिएको छ स्थानीय महिलाको दैनिकी।

    Advertisement

    चर्को घाममा घरको आँगनमा हाते तान अगाडि बसेर मसिना ऊनका रेखालाई कपडामा रूपान्तरण गर्ने महिला हुन्, बाजुराको बडीमालिका नगरपालिका अंगाउपानीकी स्थानीय विउमति गुरुङ। गुरुङको श्रम, सीप, संघर्ष र दैनिकीको कथा निकै रोचक र लोभलाग्दो छ।

    पसिना पुछ्दै टन्टलापुर घाममा गुरुङ परम्परागत तानको संसारमा व्यस्त देखिन्छिन्। उनको त्यो चलायमान हातको गति घामपानी नभनेर काममै व्यस्त छ। वास्तवमा तान बुन्ने काम केवल जीविकोपार्जन मात्र नभई परम्परागत सीप र प्रविधिको संरक्षण, सांस्कृतिक पहिचान र जीवन संघर्षको अभिन्न हिस्सा बनेको पाइन्छ।

    उमेरले ५० कटेकी गुरुङको तान बुन्ने सीप, संघर्ष र जोस–जाँगर हेर्न लायक छ। प्रविधिको विकासले यस्ता पेसा र सीपको संरक्षणमा चुनौती थपिँदै जाँदा गुरुङले भने पुख्र्यौली पेसा र परम्परालाई छाडेकी छैनन्। तानमा बसेर कपडा र आफ्नै संघर्षको कथा बुन्नु उनको दैनिकी जस्तै छ।

    सहरको जस्तो कोलाहल नभएको शान्त वातावरणमा केवल धागोको सुस्केरा र परिश्रमको ताल मात्र सुन्न सकिन्छ। तान बुन्ने गुरुङका हात थाक्दैनन् र हातलाई थाक्ने छुट समेत छैन। उनले तानमा बुनेका कपडा केवल प्रयोगका लागि मात्र नभई, त्यसभित्र उनको परिश्रम, सीप र संघर्ष समेत लुकेको हुन्छ।

    तान बुन्दै गुरुङ भन्छिन्, ‘पछिल्लो समय सबैले तानबाट कपडा बनाउन छाडिसके। आफूले भने परम्परागत प्रविधि र सीप संरक्षण गर्नका लागि समेत तान बुन्ने गर्छु। पुर्खौँदेखि यो पेसा गर्दै आएका छौँ। तानबाट बनाएका कपडा जाडोको समयमा काम लाग्छन् र न्यानो हुन्छन्।’

    ‘पहिले–पहिले गाउँघरतिर तान बुन्ने साधन मात्रै नभई सबैको घर चलाउने आधार थियो। महिलाहरू घरधन्दा सकेर तानमा बस्ने गर्थे,’ गुरुङले थपिन्, ‘अहिले यसलाई प्राथमिकता दिइँदैन। त्यसबेला लिउ, फेरुवा, काम्ला, राडीपाखी, गलैँचा र स्थानीय कपडा बुनिन्थ्यो। यिनै धागोहरूमा आफ्ना दुःख, सीप र जिम्मेवारी गाँस्ने काम हुन्थ्यो।’

    बजारमा आधुनिक कपडाको महत्त्व बढ्दै जाँदा तानबाट बनेका कपडा कम मात्रामा प्रयोग गर्न थालिएको उनको बुझाइ छ। तर, आफूले परम्परा, संस्कृति र पहिचानलाई आत्मसात् गरी पेसा भने नछाडेको बताइन्। गुरुङले बुनेका राडीपाखी वा अन्य कपडाहरू दरिलो र टिकाउ समेत हुने गरेका छन्। ‘तान बुन्ने काममा समय र धैर्य चाहिन्छ। तानमा बसेर धागो मिलाउने, बुन्ने र कपडा तयार पार्ने काम सजिलो छैन। समयको सदुपयोग र परम्परागत सीपको संरक्षण गर्न तानमा बसेर कपडा बुन्ने काम समयअनुसार गरिरहन्छु,’ उनले भनिन्।

    ‘आधुनिकताले मौलिक र परम्परागत पेसा, व्यवसाय संकटमा परे। बिस्तारै मानिसले भेडापालन व्यवसाय छाडे, जसले ऊन उत्पादनमा गिरावट आयो। भेडापालन गर्ने र हातमा सीप भएकाले चासो नदिँदा गाउँमा राडीपाखी बुन्ने प्रचलन विस्तारै लोप हुँदै गयो।’

    गुरुङका लागि तान बुनाइ केवल काम नभई परम्परा जोगाउने माध्यम बनेको छ। आफ्नो सीप र संस्कृतिलाई उनले धागोमा बाँधेकी छिन्। आधुनिक प्रविधिका कारण पछिल्लो समय राडीपाखी व्यवसाय दुर्लभ बन्दै गएको छ। बाजुराका नौवटै स्थानीय तहमा तान बुन्ने प्रचलन हराउँदै गएको हो। चरनको अभावमा भेडा पाल्नेहरू कम हुँदै गएपछि राडीपाखी पेसा–व्यवसाय प्रभावित बनेको स्थानीय कला थापा भोटेले बताइन्।

    भेडाको ऊनबाट बनेका राडी, कम्मल, पाखी, फेरुवाको मूल्य तीन हजारदेखि आठ हजारसम्म पर्ने गर्छ। भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने हुँदा पनि यो पेसा दुर्लभ बन्दै गएको छ।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.