• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

विकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ ।
    बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ गरी तीन कार्यक्षेत्रमा केन्द्रित भएर कार्यक्रम अघि बढाइरहेको बताइन् ।

    Advertisement

    उनले जल तथा मौसम विज्ञान विभाग अब कृषि तथा वन मन्त्रालयअन्तर्गत गइसकेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट तथा योजना प्रस्ताव गरिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘मन्त्रालयको तीनवटा कार्यक्षेत्रहरु छन् । तीनवटा कार्यक्षेत्रमा रहेर हामीले आफ्नो चाँही बजेट कार्यक्रमहरु अगाडि बढाइरहेका छौं । जल तथा मौसम विज्ञान पनि यही मन्त्रालय अन्तरगत थियो तर नेपाल सरकारको कार्यविभाजन नियमावलीबाट यो चाहीं कृषि वन मन्त्रालयमा गइसकेको अवस्था छ । सरकारले नीति तथा कार्यक्रम पनि ल्याइसकेको र त्यही नीति तथा कार्यक्रम भित्र बसेर आफ्नो बजेट तथा कार्यक्रमहरु प्रस्ताव गरेका छौं ।’

    उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले ४३ अर्ब रुपैयाँको बजेट सिलिङ प्राप्त गरेको थियो भने आगामी आर्थिक वर्षका लागि पनि सोही बराबरको सिलिङ तय गरिएको छ। राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिँदै अर्थ मन्त्रालयसँग थप बजेटका लागि आग्रह गरिएको र छलफलका क्रममा बजेट सिलिङ बढेर ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको उनले जानकारी दिइन् ।

    उनले भनिन्, ‘मन्त्रालयको चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटको कुरा गर्दाखेरि लगभग हामीलाई सिलिङ बराबर प्राप्त भएको छ । ४३ अर्ब नै थियो र ४३ अर्बको नै सिलिङ प्राप्त भएको छ । नेपाल सरकारतर्फको वित्त व्यवस्थापन बाहेकको सिलिङ हो । यसमा हामीले अर्थ मन्त्रालयसँग राष्ट्रिय गौरवको आयोजना रुपान्तरित आयोजनाहरुलाई अलिकति फोकस गरेर समयमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने उदेश्यका साथ अर्थ मन्त्रालयसँग अनुरोध गर्दाखेरि सिलिङ अलिकति छलफलको क्रममा इन्ट्री हुँदा त्यहाँ अलिकति बढेको छ । अहिले ४८ अर्ब १९ करोडको हामीले इन्ट्री गरेका छौं ।’

    सचिव दवाडीले ऊर्जा क्षेत्रमा नेपाल विद्युत प्राधिकरण मुख्य निकायका रूपमा रहेको तथा जलस्रोत तथा सिँचाइ विभागमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् । मन्त्रालयअन्तर्गत सिँचाइतर्फका ६ वटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेको पनि उनले उल्लेख गरिन् । उनले भनिन्, ‘मन्त्रालय अन्तरगत रहेका हाम्रा निकायहरु भन्दाखेरि उर्जातर्फ नेपाल विद्युत प्राधिकरण मेजर निकाय छ । जलस्रोत तथा सिँचाइ अन्तरगत हेर्दाखेरि जलस्रोत तथा सिँचाइ विभागबाट हाम्रो कार्यक्रमहरु सञ्चालन भइराखेको छ । मन्त्रालय अन्तरगत सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनाहरु ६ वटा कार्यान्वयनमा रहेका छन् ।’

    यसैगरी,पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले जनआन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । उनले विकट पहाडी जिल्लामा झोलुङ्गे पुल निर्माण तथा मर्मतलाई प्राथमिकता दिइएको जानकारी दिँदै संघीय सरकारले १२० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको बताए ।

    उनले भने, ‘जेनजी आन्दोलनको क्रममा नष्ट भएका र क्षति भएका संरचनाहरु आगामी दुई वर्षभित्र सम्पन्न गर्ने कार्यक्रमहरु रहेको छ । पहाडका विकट जिल्लाहरुमा झोलुङ्गे पुललाई तीन तहको सरकारबाट सञ्चालन भइरहेका छन् । संघीय सरकारले पनि १२० मिटर भन्दा लामा झोलुङ्गे पुलहरुलाई अगाडि बढाएको छ । ५० वटा झोलुङ्गे पुलको मर्मत तीनवटै तहबाट ३०० वटा झोलुङ्गे पुल यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम प्रस्ताव गरेको छ ।’

    उनका अनुसार चालु आर्थिक वर्षभित्र तीन तहका सरकारको समन्वयमा ५० वटा झोलुङ्गे पुल मर्मत तथा ३०० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.