• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियान : एकै महिनामा ४६ लाख बढी राजस्व संकलन


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल गरेको छ । प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

    Advertisement

    नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी हुने संवेदनशील नाकाहरूमा प्रहरीले सक्रियता बढाएपछि ठूलो परिमाणमा अवैध सामान र गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान तथा अन्य विविध सामग्रीहरू बरामद गरेको छ । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यलय गौरमा बुझाएको हो ।

    सामान ओसारपसार र तस्करी कार्यमा संलग्न रहेका १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको मासिक तथ्याङ्कमा उल्लेख छ ।
    यस्तै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका अपराधीहरूलाई पक्राउ गर्न रौतहट प्रहरीले विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार बैशाख महिनामा मात्रै ५७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको कुल १७ वर्ष २८ दिन कैद भुक्तान गराउने प्रक्रिया अघि बढाइएको छ । साथै, उनीहरूबाट ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना समेत असुल उपर गरी राजस्वमा दाखिला गरिएको प्रहरी प्रमुख एसपी रिजालले जानकारी दिए ।जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधिमाथि अंकुश लगाउने क्रममा बैशाख महिनाभित्र विभिन्न प्रकृतिका थुप्रै मुद्दाहरू दर्ता भएका छन् । प्रहरीको आधिकारिक प्रतिवेदन अनुसार सामाजिक अपराध ४१ वटा मुद्दा (सबैभन्दा बढी),संगठित तथा आर्थिक अपराधका १९ वटा मुद्दा, चोरी सम्बन्धी ७ वटा मुद्दा,आत्महत्या ६ वटा मुद्दा, ज्यान सम्बन्धी ५ वटा मुद्दा र महिला तथा बालबालिका सम्बन्धीः ४ वटा मुद्दा दर्ता भएको विवरण छ।

    प्रहरीका अनुसार कर्तव्य ज्यान, अवैध हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर तथा ठगी जस्ता जघन्य र गम्भीर प्रकृतिका मुद्दाहरूमा समेत सूक्ष्म अनुसन्धान भइरहेको छ । पछिल्लो समय बढ्दै गएको आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा ९ वटा र ठगीका ९ वटा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ । प्रहरीले अपराध अनुसन्धान मात्र नभई सामाजिक र घरायसी विवाद समाधानमा पनि सक्रियता देखाएको छ । अपराध कम गर्न जनचेतना कार्यक्रम अन्तरगत रौतहट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लाई पनि सँगसँगै अगाडि बढाएको छ । बैशाख महिनाभर जिल्लाका विभिन्न स्थानहरूमा ४१ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.