• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रारा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनी


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • मुगु । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले मुगुको रारा ताल किनारमा फोटो प्रदर्शनी, स्थानीय कला–संस्कृति प्रस्तुति तथा दौड प्रतियोगिता गरेको छ ।
    रारा ताल, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भेषभूषा र कला संस्कृतिको प्रचार–प्रसार गर्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    Advertisement

    पछिल्लो समय रारा क्षेत्रमा सडक सञ्जाल विस्तार हुनुका साथै नियमित हवाई सेवा सञ्चालन भएपछि रारा भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै स्थानीय कला संस्कृतिको संरक्षण, खेलमार्फत पर्यटन विकास तथा नेपाली सेना र स्थानीय नागरिकबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

    रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको हनुमानध्वज गुल्मले आयोजना गरेको कार्यक्रममा नैमती बाजा, हुड्केउली नाच, डाल नाच, खुकुरी–तरवार नाच, देउडा लगायत स्थानीय सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले विपद् व्यवस्थापन, विकास निर्माण, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित १ सय ४० भन्दा बढी तस्बिर प्रदर्शनीमा राखेको जनाएको छ । उक्त प्रदर्शनी अवलोकन गर्न एक हजारभन्दा बढी स्थानीय नागरिक तथा खेलाडी सहभागी भएका थिए ।

    खेल पर्यटनको विकास गर्ने उद्देश्यले नेपाली सेना हनुमानध्वज गुल्मले प्रत्येक वर्ष आयोजना गर्दै आएको १६ किलोमिटर दूरीको ‘रारा ट्रेल रन’ यस वर्ष छैटौं संस्करणमा पुगेको छ । प्रतियोगिताले मुगु जिल्लासहित कर्णाली प्रदेशको खेल क्षेत्र विकास, युवामा एकता भावना अभिवृद्धि तथा सेना–नागरिक सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको नेपाली सेनाको भनाइ छ ।

    स्थानीय नागरिकहरूले फोटो प्रदर्शनी ज्ञानमूलक र सन्देशमूलक रहेको बताएका छन् । सेनाले सीमा सुरक्षा मात्र नभई विपद्का समयमा उद्धार, नागरिकको ज्यान–धनको सुरक्षा, विकास निर्माण तथा दैवी प्रकोपमा पीडित नागरिकको सहयोगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको सन्देश प्रदर्शनीमार्फत प्रवाह गरिएको थियो ।
    छायाँनाथ रारा नगरपालिका–९ का स्थानीय बिर्खबहादुर रोकायाले यस्ता प्रदर्शनी रारा ताल आसपासमा मात्र सीमित नगरी रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म पनि विस्तार गर्न आवश्यक रहेको बताए ।

    नेपाली सेनाका अनुसार प्रदर्शनीमा उत्तर–पश्चिम पृतना अन्तर्गत १६ पल्टनहरूले सञ्चालन गरेका विपद् व्यवस्थापन, हिमपहिरो उद्धार, सुत्केरी उद्धार, स्वास्थ्य सेवा, पर्यटन, संस्कृति संरक्षण तथा स्थानीय नागरिकसँग सहकार्यमा गरिएका विकास पूर्वाधार निर्माणसम्बन्धी गतिविधिका तस्बिरहरू समावेश गरिएको थियो । साथै हनुमानध्वज गुल्मको इतिहासबारे पनि जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.