अप्सरा धमला, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नु भएको छ । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिँदै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताउनु भयो । उहाँले यस विषयमा समिक्षा गर्ने पनि जानकारी दिनु भयो ।
‘सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावना नै छैन,’ उहाँले भन्नु भयो । सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी असन्तुष्ट रहेको समेत बताउनु भयो ।