काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले भारी मतान्तरसहितको अग्रता कायम राख्नु भएको छ ।
लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा भारी मतान्तरले पछाडि हुनुहुन्छ । यस्तै, नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपाने ८ हजार ३ सय ३० मत ल्याएर तेस्रो स्थानमा रहनु भएको छ ।