काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पछि पार्दै वाग्ले विजयी हुनु भएको हो ।
वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नु भएको छ । तेस्रो स्थानमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ ।