काठमाडौँ । चितवन २ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिनु भएको छ ।
इच्छाकामना गाउँपालिका १ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाउनु भएको छ ।