काठमाडौं। तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहनु भएको छ। वाग्लेले कांग्रेसका गोविन्द भट्टराई भन्दा ११ हजार ४२८ मत ल्याएर झण्डै दोब्बरको अग्रता लिनु भएको हो ।
भट्टराईले ६ हजार ४६५ मत प्राप्त गर्नु भएको छ । यस अघि ५ हजार ३ सयमाथिको अग्रता लिएकोमा वाग्लेको अग्रता ४९६३ मा झरेको छ । तेस्रो स्थानमा रहनु भएका एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गर्नु भएको छ । आँबु खैरेनी गाउँपालिका र भानु नगरपालिकाका गरी अहिलेसम्म १६ वटा वडाको मतगणना सकिएको छ ।