• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम

शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै

सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

लोकप्रिय समाचार

  • १. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • २. चिनियाँ सैन्य शक्तिको भित्री पाटो

  • ३. सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

  • ४. आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

  • ५. ‘लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको : रवीन्द्रसिंह बानियाँ

  • ६. नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

  • ७. भोलि सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको पनि सम्भावना,सतर्कता अपनाउन अपिल

  • ८. राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

  • ९. कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

  • १०. सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख गायब

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन् ।
    शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन,‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु । तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन ।’

    Advertisement

    फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले प्रस्तावको अवधारणाबारे सुनेको तर पूर्ण पाठ हेर्न बाँकी रहेको बताए । उनले भने,‘मलाई सम्झौताको अवधारणाबारे बताइएको छ । उनीहरूले मलाई अहिले विस्तृत विवरण दिँदैछन् ।’

    इरानको प्रस्तावमा के छ ?

    इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानले अमेरिकालाई बुझाएको १४ बुँदे प्रस्तावमा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्य गर्ने व्यापक खाका समावेश छ । यसअघि अमेरिकाले पठाएको ९ बुँदे प्रस्तावमा दुई महिनाको युद्धविरामको समयसीमा राखिएको थियो, जसलाई इरानले अस्वीकार गरिदिएको थियो । इरानले ३० दिनभित्रै युद्धको स्थायी समाधान हुनुपर्ने अडान राखेको छ ।

    इरानमाथि भविष्यमा हुने कुनै पनि सैन्य आक्रमण रोक्न ठोस सुरक्षा प्रत्याभूति, इरानको आसपासको क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा हट्नुपर्ने, इरानमाथि लगाइएका सबै अमेरिकी र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गरिनुपर्ने र प्रतिबन्धका कारण भएको आर्थिक क्षतिको क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग इरानले राखेको छ ।

    त्यसैगरी, विश्वको महत्त्वपूर्ण तेल पारवहन विन्दु हर्मुज जलडमरूमा स्थायित्व र निर्वाध आवागमनका लागि नयाँ व्यवस्थापन संयन्त्र स्थापना गर्नुपर्ने माग समेत इरानले राखेको छ ।

    इरानको यो प्रस्ताव क्षेत्रीय तनाव कम गर्ने र लेबनान लगायतका क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आएको बताइएको छ । हाल अमेरिकाले यस प्रस्तावको औपचारिक जवाफ दिएको छैन र राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले सम्झौता सहज नहुने संकेत गरेको छ ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी
    हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख
    राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने
    विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम
    शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै
    सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

    Facebook Page

    लोकप्रिय

    • १.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • २.
      चिनियाँ सैन्य शक्तिको भित्री पाटो

    • ३.
      सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

    • ४.
      आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    • ५.
      ‘लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको : रवीन्द्रसिंह बानियाँ

    • ६.
      नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

    भर्खरै

    • १.
      हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी

    • २.
      हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

    • ३.
      राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

    • ४.
      इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

    • ५.
      विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ : मन्त्री गौतम

    • ६.
      शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएपछि कवाडीहरु सामान संकलन गर्दै

    • ७.
      सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

    • ८.
      धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.