काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको बताउनु भएको छ । लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उहाँले यसको सुदृढीकरणमा लाग्नुपर्ने बताउनु भएको छ ।
‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो । हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्,’ थापाले सन्देशमा भन्नु भएको छ । लोकतान्त्रिक व्यवस्था राज्य सञ्चालनका व्यवस्थाहरू मध्यको उत्कृष्ट व्यवस्था रहेकोमा उहाँले जोड दिनु भएको छ ।