• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३ लिटर प्रतिसेकेन्ड आपूर्ति भइरहेको छ, जसका कारण २६४ लिटर प्रतिसेकेन्ड पानी अपुग भएको हो ।

    Advertisement

    सुर्खेत उपत्यका खानेपानी संस्थानका अनुसार झुप्रा मुहानसहित विभिन्न स्रोतहरूमा पानीको मात्रा घट्दै जाँदा आपूर्ति प्रभावित भएको हो । संस्थानका कार्यालय प्रमुख डम्मरबहादुर गौतमका अनुसार सामान्य अवस्थामा १६३ लिटर प्रतिसेकेन्ड आपूर्ति क्षमता भए पनि खडेरीका कारण हाल स्रोतहरू सुक्दै जाँदा आपूर्ति घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ ।

    हाल वीरेन्द्रनगरमा तीन दिनको अन्तरालमा मात्र एक घण्टा पानी वितरण गर्ने तालिका लागू गरिएको छ । ‘सुख्खा खडेरीका कारण स्रोतहरू सुक्दै गएकाले न्यूनतम रूपमा मात्र पानी वितरण गर्न सकिएको हो,’ गौतमले बताए ।

    वीरेन्द्रनगरमा खानेपानी समस्या वर्षायाममा समेत देखिँदै आएको छ । २०५९ सालमा सञ्चालनमा आएको खानेपानी आयोजना त्यतिबेला करिब ५२ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको थियो । २०७७ सालसम्म १ लाख ४ हजार जनसंख्या पुग्ने अनुमान गरिए पनि हाल जनसंख्या बढेर १ लाख ८१ हजारभन्दा बढी पुगेपछि आपूर्ति प्रणालीमा चाप बढेको हो । हाल झण्डै १७ हजार घरधुरीमा धारा जडान गरिएको छ । तेज सहरीकरण, प्रशासनिक विस्तार, शैक्षिक तथा व्यावसायिक गतिविधिको वृद्धि र प्रदेश राजधानीको रूपमा विकास हुँदै जाँदा पानीको माग उच्च रूपमा बढेको छ ।

    यस समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीबाट पानी ल्याउने ‘भेरी पम्पिङ खानेपानी आयोजना’ अघि बढाइएको छ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा करिब ६ अर्ब लागतमा निर्माण भइरहेको उक्त आयोजना अन्तर्गत झुप्रा खोला र भेरी नदीबाट पानी पम्पिङ गरी वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा ल्याइने योजना रहेको छ ।

    हाल आयोजनाको प्रारम्भिक चरणका कामहरू अघि बढिरहेका छन् । पहिलो प्याकेजअन्तर्गत विनियोजित ३ अर्ब ५० करोड रुपैयाँमध्ये हालसम्म ५८ करोड खर्च भइसकेको छ भने करिब १४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजनाअन्तर्गत पानी प्रशोधन केन्द्र तथा ९० लाख लिटर क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माणको काम सुरु भइसकेको छ ।

    सम्बन्धित निकायले आयोजनालाई तीव्रता दिँदै चाँडो सम्पन्न गर्ने लक्ष्य राखे पनि तत्कालका लागि भने वीरेन्द्रनगरवासीले खानेपानी संकट झेल्नुपर्ने अवस्था कायमै रहेको छ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.