काठमाडौँ । चितवन क्षेत्र नं २ को मतगणना गर्न तारजाली हालेर मतगणनास्थल तयार गरिएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणनाको क्रममा कसैले हस्तक्षेप नगरोस् भनेर तारजाली हालिएको हो । बेलुका ५ बजे मतदान सकिएपछि मतपेटिका प्रदर्शनी केन्द्रमा लगिने छ ।
यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् ।

