• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ४. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ९. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालको इतिहासमा वि.सं. २०६२/६३ को जनआन्दोलन एउटा यस्तो मोड थियो, जसले शताब्दीऔँ पुरानो राजतन्त्रलाई विस्थापित गरेर लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । त्यो १९ दिने आन्दोलनको राप र तापमा देशभरका युवाहरू सडकमा ओर्लिएका थिए । तिनै युवाहरूमध्येको एक प्रभावशाली नाम हो सानुबाबु महर्जन । तत्कालीन समयमा नेपाल विद्यार्थी संघ, ललितपुरको सभापतिका रूपमा उनले ललितपुरको आन्दोलनलाई अग्रमोर्चामा रहेर नेतृत्व गरेका थिए ।

    Advertisement

    युवा अभियन्ता एवम अधिकारकर्मी समेत रहेका सानुबाबु महर्जनले त्यतिबेलाको संघर्ष, जोखिम र जनसहभागिताको अनुभव शेयर गरेका छन् । उनका अनुसार त्यो आन्दोलन केवल राजनीतिक परिवर्तनका लागि नभई भावी पुस्ताको भविष्य सुनिश्चित गर्ने अभियान थियो । आन्दोलन सुरु हुँदा सानुबाबु मात्र २६–२७ वर्षका लक्का जवान थिए । नेविसंघको जिल्ला नेतृत्व सम्हालिरहेका उनलाई पाटन क्याम्पस, पाटन ढोका, पुल्चोक र गाबहाल क्षेत्रको कमान्ड सम्हाल्ने जिम्मेवारी थियो ।

    ‘त्यतिबेलाको जोश र उत्साह नै बेग्लै थियो,’ उनी सम्झिन्छन, ‘बिहान चारै बजे प्रहरी घरमा आइपुग्थ्यो । कतिपय अवस्थामा त प्रहरीले घरबाटै उठाएर लैजान्थ्यो ताकि आन्दोलन मथर होस् ।’

    उनले तत्कालीन झ्याउखेलका प्रहरी प्रमुख केशव अधिकारीको स्मरण गर्दै भने, ‘उहाँले मलाई धेरै पटक बिहानै नियन्त्रणमा लिनुभएको छ, विद्यार्थी र प्रहरीबीच मुठभेड नहोस् र स्थिति नियन्त्रण बाहिर नजाओस् भन्ने उहाँको पनि चाहना हुन्थ्यो ।’ तर, प्रहरीको धरपकड र निगरानीले सानुबाबुको लोकतन्त्रप्रतिको संकल्पलाई कहिल्यै कमजोर बनाउन सकेन ।

    आन्दोलन उत्कर्षमा पुग्दैगर्दा ललितपुर प्रशासनले देख्नेबित्तिकै गोली हान्नेसम्मको आदेश दिएको चर्चा चल्थ्यो । तर, सानुबाबु र उनका सहयात्रीहरू पछि हटेनन ्। उनले तत्कालीन नेता मीनकृष्ण महर्जनले भनेको कुरा अहिले पनि भुलेका छैनन् । ‘मीनकृष्ण दाइले मलाई भन्नुभएको थियो । सानु, तिमीलाई २४ घण्टाभित्र मार्ने योजना छ, जोगिएर हिँड्नू ।’

    तर, सानुबाबुको जवाफ निडर थियो । उनले मीनकृष्णलाई भनेका थिए, ‘दाइ, यो आन्दोलन मेरो व्यक्तिगत लाभका लागि होइन । हाम्रा पुर्खाले लडेको लडाइँको निरन्तरता हो । यदि म देशका लागि मर्छु भने मलाई कुनै आपत्ति छैन, तर एकदलीय निरंकुश शासन सहेर बसिँदैन् ।’
    उनले गाबहाल, पुल्चोक र पाटन क्याम्पस अगाडि गरेका मसाल जुलुसहरू अहिले पनि धेरैको मानसपटलमा ताजा छन । प्रहरीको आँखा छल्न उनी आफ्नो घर छाडेर साथीभाइ र आफन्तकहाँ लुकेर सुत्ने गर्थे र बिहानै साथीहरूलाई संगठित गर्न निस्किन्थे ।

    धेरैको परिवारमा छोराछोरी आन्दोलनमा जाँदा डर र त्रासको वातावरण हुन्थ्यो । तर सानुबाबुको सन्दर्भमा भने उनका पिताको साहस प्रेरणादायी थियो । एक पटक आन्दोलनकै क्रममा सेना र प्रहरीले उनको घर खानतलासी गर्यो । छोरा कहाँ छ भनेर बुवालाई केरकार गरियो । सानुबाबु सम्झिन्छन,‘बुवाले प्रहरीलाई सिधै भन्नुभएछ, मेरो छोरा कुन बेला आउँछ, मलाई थाहा छैन । यदि उसले नराम्रो काम गरेको छ भने मारिदिनुस्, तर मलाई थाहा छ ऊ देशका लागि लड्दैछ । मेरो छोरा मरे पनि देशकै लागि शहीद हुन्छ, मलाई कुनै गुनासो छैन् ।’ उनका बुवाको यो अदम्य साहसले सानुबाबुलाई आन्दोलनको राँको बाल्न थप उर्जा मिल्यो ।
    उनको राजनीतिक चेत २०४६ सालको आन्दोलनबाटै अंकुरित भएको थियो । सानो छँदा घर अगाडि टायर बालेको, पम्पादेवीविरुद्ध नारा लगाएको र टोलमा मण्डले वा सुराकी आउँदा घन्टी बजाएर सचेत गराएको अनुभवले उनलाई ६२÷६३ को नेतृत्व लिन तयार पारेको थियो ।

    संगठन र साथीहरूको साथ
    ललितपुरको आन्दोलन सफल पार्न उनलाई केशव सिंह, केदार कार्की, लावस राई, दीपक भट्टराई, उत्तम मिश्रलगायतका नेताहरूको बलियो साथ थियो । ‘हामी पाटन संयुक्त क्याम्पसलाई केन्द्र बनाएर ललितपुरलाई आन्दोलित पार्ने गर्दथ्यौं,’ उनले भने । सात दलको आह्वानमा भएको त्यो जनलहरमा कर्मचारी, उद्योगी र आम सर्वसाधारणलाई जोड्नु चुनौतीपूर्ण भएपनि सबैको साझा एजेन्डा लोकतन्त्र भएकाले सफल भएको उनको बुझाइ छ ।

    आजको पुस्ता र लोकतन्त्र
    आजको २३–२४ वर्षका युवा (जेनजी) हरूको आन्दोलन गर्ने शैली र संगठित हुने माध्यम फेरिएका छन् । तर सानुबाबुका अनुसार, सिद्धान्त र निष्ठाको राजनीतिले मात्र परिवर्तन दिगो हुन्छ । उनी भन्छन,‘हामीले टेबलमा बसेर विद्यार्थीको हकका लागि लड्दै आन्दोलन सिक्यौँ । हिजोको त्यो संघर्षले नै आज हामीलाई खुला आकाशमुनि बोल्ने स्वतन्त्रता दिएको छ ।’ सानुबाबु लागि २०६२÷६३ को आन्दोलन केवल सत्ता परिवर्तनको माध्यम थिएन, यो त एउटा पुस्ताले अर्को पुस्तालाई सुम्पिएको स्वतन्त्रताको उपहार थियो । आजपनि उनी उस्तै जोसका साथ भन्छन,‘प्रजातन्त्रमा विश्वास गर्ने मान्छे कहिल्यै झुक्दैन ।’ ललितपुरको सडकमा मसाल बोकेर हिँड्ने ती ठिटो आज परिपक्व नेता बनेका छन् । तर उनको मुटुमा अझैपनि त्यही लोकतान्त्रिक आन्दोलनको राँको बलिरहेको छ ।

    मृत्युको मुखबाट फर्किँदाका ती क्षण
    आन्दोलनका ती दिनहरू सम्झिँदा महर्जनको आँखा अगाडि अहिले पनि सातदोबाटोको त्यो भिडन्त झल्झल्ती आउँछ । ‘त्यो बेलाको पुलिसको दमन र मान्छेहरूको भागाभाग सम्झिँदा अझै पनि शरीर काँपेर आउँछ,‘महर्जन स्मरण गर्छन,पार्टीको नेतृत्वसँगै ललितपुरका चोकचोकमा बन्द गराउँदै हिँड्दा उनले कयौँ पटक मृत्युलाई नजिकैबाट देखे ।
    सातदोबाटोको एउटा घटना उनी कहिल्यै बिर्सदैनन् । सरकारी कार्यालयमा हुन लागेको तोडफोड रोक्न खोज्दाखोज्दै पुलिसको बुट र लाठीको वर्षा भयो । ‘त्यो बेला घुँडामा लागेको चोट देखाउँदै उनि भन्छन,‘मेरो यो घुँडामा लागेको चोट र त्यो बेला बेहोस भएको क्षण अझै ताजै छ । साथीहरू पाटन अस्पतालमा भर्ना भए, कतिले सहादत प्राप्त गरे ।’

    महर्जनका दाजुभाइले तिमीलाई २४ घण्टाभित्र मार्न सक्छन लुक्न जाऊ भन्दा पनि उनले ‘प्रजातन्त्रका लागि ज्यान दिन तयार छु तर भाग्दिनँ’ भन्दै मोर्चा सम्हाले । उनकै शब्दमा, त्यो ‘मरेरै बाँचेको’ एउटा ऐतिहासिक कालखण्ड थियो ।

    शहीदको सपना र अधुरो बाटो
    ललितपुरको आन्दोलन भन्नासाथ २०४६ सालका शहीद सागर सिंहको नाम आउँछ । महर्जनका अनुसार सागर सिंह जस्ता युवाहरूको बलिदानले नै प्रजातन्त्रको जग बसालेको हो । ‘म पनि त्यही १८–१९ वर्षको उमेरमा इमानदार भएर जनताको अधिकारका लागि सडकमा उत्रिएको थिएँ,‘ उनी भन्छन् । तर, आज शहीदका परिवार र ती योद्धाको योगदानलाई सत्ताको खेलले ओझेलमा पारेको देख्दा उनलाई निकै दुःख लाग्छ ।

    जेन–जी र अहिलेको आन्दोलन
    अहिलेको पुस्ता पुनः सडकमा छन् । २३–२४ वर्षका युवाहरू अहिलेको बेथितिविरुद्ध आवाज उठाइरहेका छन् । महर्जन यसलाई सकारात्मक मान्छन् तर ६२/६३ को आन्दोलन र अहिलेको आन्दोलनमा तात्विक भिन्नता देख्छन् । ६२÷६३ को आन्दोलन एउटा दलीय तानाशाहीविरुद्ध व्यक्तिगत स्वतन्त्रता र बहुदलका लागि थियो । अहिलेको युवाहरूको आक्रोश भ्रष्टाचार र कुशासन विरुद्ध हो ।

    ‘हामीले लडेर ल्याएको लोकतन्त्रमा आज मिडियामा बोल्न पाइन्छ, संचारमाध्यम खुलेका छन् । तर, हिजो आन्दोलन गर्नेहरू कहाँ छन ? लाभ लिनेहरू कहाँ छन ? र मर्नेहरू कहाँ छन ? यी तीनवटा कुराको विश्लेषण हुनु जरुरी छ,‘ महर्जनको गम्भीर प्रश्न छ ।

    विचलित राजनीतिक ट्रयाक र आर्थिक संकट
    महर्जनलाई लाग्छ, नेपालको लोकतान्त्रिक पद्धति अहिले सही ट्रयाकमा छैन । संविधान र विधिको शासन कागजमा मात्र सीमित भएको उनको बुझाइ छ । ‘जनताले खोजेको सामान्य गास, बास र कपास हो । तर आज एउटा साधारण नेपालीले इन्धन र खाद्यान्नमा जुन महँगी खेप्नुपरेको छ, त्यसले सरकारको असफलता पुष्टि गर्छ,‘उनी भन्छन् । भारतमा सस्तो हुने पेट्रोल नेपाल आउँदा किन महँगो हुन्छ ? यो प्रश्नले महर्जनलाई झस्काउँछ । सरकारले जनताको सुविधाभन्दा पनि कसरी सत्ता टिकाइराख्ने भन्नेमा मात्र ध्यान दिएको उनको आरोप छ ।

    पार्टीभित्रको विकृति र नेतृत्वको कमजोरी
    एक राजनीतिक कार्यकर्ताका नाताले महर्जन आफ्नै पार्टी (नेपाली कांग्रेस) को कार्यशैलीप्रति पनि असन्तुष्ट छन् । उनी भन्छन,‘सत्ता र शक्ति पाउनका लागि दुई–चार पैसाको लोभमा टिकट वितरण गर्ने प्रवृत्तिले गर्दा इमानदार कार्यकर्ता पछाडि परेका छन् । ‘शेरबहादुर देउवा वा कुनै व्यक्ति विशेषका लागि नभई लोकतन्त्रका लागि लडेको बताउने महर्जन, अहिलेको नेतृत्वले जनताको एजेन्डा बिर्सिएकोमा चिन्तित छन् । पुराना दलहरूले समयमै आफूलाई नसच्याए जनताले विकल्प खोजिसकेको संकेत नयाँ दलहरूको उदयले दिइसकेको उनी बताउँछन् ।

    नयाँ सरकारलाई सुझाव र भविष्यको आशा
    भर्खरै बनेको नयाँ सरकारलाई महर्जनको एउटै सुझाव छ । ‘बोल्ने कम, काम धेरै गर्नुहोस ्।’ उनी बिपी कोइरालाको सपना सम्झिँदै भन्छन्, ‘बिपीले नेपाली जनतालाई आफूजस्तै मध्यम वर्गीय बनाउन खोज्नुभएको थियो । तर आज नेतृत्वले कालो चश्मा लगाएर जनताको दुःख हेरिरहेको छ ।’

    ‘यो देशमा मेरा बुवाले लडे, मैंले लडेँ, अब मेरा छोराहरूले पनि लड्नुपर्ने स्थिति नआओस,‘कुराकानीको अन्त्यमा महर्जनले भावुक हुँदै भने । लोकतन्त्रमा निराशा मात्र छैन, आशा पनि छ । तर त्यो आशालाई जीवित राख्न नेतृत्वले ‘कालो चश्मा’ फुकालेर धरातलमा आउनैपर्ने उनको अडान छ ।

    झण्डै दुई दशक लामो राजनीतिक संघर्ष भोगेका महर्जनको यो भोगाइले केवल एउटा व्यक्तिको कथा मात्र भन्दैन, यसले समग्र नेपालको लोकतान्त्रिक आन्दोलनको उतारचढाव र अहिलेको व्यवस्थाले भोगिरहेको संकटलाई पनि ऐना देखाइरहेको छ ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ४.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • २.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ३.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ४.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ५.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ६.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ७.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ८.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.