काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले नै प्रदर्शनसहित नाराबाजी गरेका छन् । चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा मतदान गर्न आएका मतदाताले नाराबाजी गरेका हुन् ।
यस स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।

