• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालमा लिग २ खेल्न आएको ओमानको टोलीले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल जितेको छ । बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भयो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए २१० रनमा अलआउट भयो । ब्याटिङका लागि राम्रो मानिएको पिचमा नेपाल ए को टोलीले राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रम ब्याटिङ चल्न नसक्दा नेपाल पराजित भयो ।

    Advertisement

    खेलअघि टसमा ओमानका कप्तान जतिन्दर सिंह र नेपाल ए का कप्तान अनिल साह दुवैले पिच ब्याटिङका लागि राम्रो भएको उल्लेख गर्दै पिचमा राम्रो स्कोर बन्न सक्ने बताएका थिए । जतिन्दरले २५० भन्दा माथिको योगफल बनाए सहज हुने बताएका थिए । यस्तै स्पीन डोमिनेटिङ पिच हुने बताएका थिए । अनिलले भने सक्दो कम रनमा समेटेर लक्ष्य पूरा गर्ने बताएका थिए । तर ओमानले बलियो योगफल खडा गर्दा नेपाल ए को टोलीले भने लक्ष्य पूरा गर्न सकेन ।

    ‘ओमानका लागि लिग २ को तयारी भएपनि नेपालका लागि यो खेल तयारीभन्दा ठूलो छ, लिग २ का लागि मेन्टालिटी सेटको कुरा पनि हुन्छ’ अनिलले टसमा भनेका थिए । यो खेल अभ्यास एकदिवसीय थियो, अर्थात् टिमका १४ जना सदस्यले नै आफ्नो रोल अनुसार खेल्न पाइने प्रावधान रहेको थियो । त्यसअनुसार नेपालले ब्याटिङमा सबै ब्याटर र बलिङमा सबै बलर प्रयोग गर्न पाउने थियो, प्लेइङ ११ बनाएर खेल्नुपर्ने बाध्यकारी थिएन । त्यसैअनुसार नेपाल ए मा पीएम कपका शानदार प्रदर्शन गरेका खेलाडीहरू समावेश गर्दै टोली तयार गरेको थियो । तर ब्याटिङ कोल्याप्स हुँदा नेपाल पराजित हुन पुग्यो ।

    ओमानको बलियो योगफल

    टस जितेर ब्याटिङ रोजेको ओमानले राम्रो सुरुवात गरेको थियो । कप्तान जतिन्दर सिंह र आशिष ओडेरा मिलेर ७९ रनको साझेदारी गरेका थिए । जतिन्दर ५८ रन बनाएर आउट भए भने आशिष २७ रनमा आउट भए । त्यसपछि हम्माद मिर्जा ५ रनमै आउट भएपछि ओमान ९४-३ को अवस्थामा पुगेको थियो । त्यहाँ नेपाली बलरलाई पुनरागमनको मौका बनेको थियो तर त्यसपछि मुजिबुर अली र हाशिर दाफेदार मिलेर शानदार साझेदारी गरे । मुजिबुरले ७२ अनि दाफेदारले ४६ रन बनाउँदा ओमानले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

    त्यसपछि विनायक शुक्लाले २५ तथा जितेन रामानन्दीले १७ रन बनाएर योगफल २८० सम्म पुर्‍याउन मद्दत गरे । नेपालले मिडल ओभरमा विकेट लिन नसक्नु पनि हारको एउटा कारण बन्यो । खेलपछि नेपाल ए का कप्तान अनिल साहले सुरुमा रन धेरै गएको र पछि नियन्त्रणमा आउन नसकेको उल्लेख गरे । ‘डेथमा भन्दा पनि सुरुमा रन धेरै गएजस्तो लाग्छ, किनभने बलरलाई हेल्प हुन सक्छ भनेर सोचेका थियौं । रनहरू लिक भयो । उनीहरूको पार्टनरसिप पनि पछि राम्रो भयो’ अनिलले खेलपछि भने । अनिलले सुरुमा ३०० रन भन्दा माथि कट्ने डर भएपनि पछि २८० रनमै रोक्दा समग्र टिम खुसी रहेको समेत अनिलले उल्लेख गरे ।

    ब्याटिङ कोल्याप्स

    नेपाल एक समय १७७-२ को बलियो अवस्थामा थियो । क्रिजमा देव खनाल र इशान पान्डे क्रिजमा थिए । लेफ्ट राइट कम्बिनेशनमा राम्रो साझेदारी बनाएपनि त्यहाँबाट नेपाल ए ले लगातार विकेट गुमायो । नेपाल ए ले त्यसपछि १७७-३, १८८-४, १८९-५ हुँदै २०१-८ को खराब अवस्थामा पुगेको थियो । त्यसपछि ९ रन जोड्दा बाँकी २ विकेट पनि गुमायो । नेपालले ३३ रन जोड्दा ८ विकेट गुमायो । ब्याटिङ कोल्याप्स नै भयो ।

    ओपनर अनिल साहले ५० अनि तृतराज दासले ३१ रन बनाउँदै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । अनिल आउट भएपछि तृतराज दास आउट हुँदा नेपाल ९१-२ को अवस्थामा थियो । देव र इशानले ८६ रनको साझेदारी गरेका थिए । इशान ५२ अनि देव खनाल ४३ रनमा आउट भए । त्यसपछिका ब्याटर क्रिजमा टिक्नै सकेनन् । सन्दीप जोरा ११, कुशल मल्ल १, सन्तोष यादव शून्य अनि राशिद खान पनि १ रनमा आउट भए ।

    कप्तान अनिलले शीर्ष ४ ब्याटरले जिम्मेवारी अझै धेरै लिन सकेको भए जित निकाल्न सकिने बताए । ‘हामी क्यालकुलेसनमा चुक्यौं कि जस्तो लाग्यो । एक समय रन अ बल चाहिएको थियो । एकजना ब्याटर ४०-४५ ओभरसम्म जाने खालको योजना थियो त्यो सफल हुन सकेन’ अनिलले भने । गेम फिनिस गर्ने कुरामा सधैं मिडल अर्डर मात्र नभएर टप अर्डरले पनि जिम्मेवारी लिनुपर्ने कुरामा अनिलले जोड लिए । ‘सेट ब्याटरले पनि फिनिस गर्न सक्नुपर्छ वान डे गेममा’ अनिलले भने । यता ओमानका कप्तान जतिन्दरले भने नेपाल राम्रो टिम भएको उल्लेख गरे । जतिन्दरले लिग २ का लागि आफूहरू तयार रहेको समेत बताए । ‘हामीसँग धेरै लेफ्ट आर्म स्पीनर छन् । हामी लिग २ का लागि पनि तयार छौं’ जतिन्दरले भने ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.