काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको थियो तर केही बेर भने गठबन्धनका कार्यकर्ताले झडप गरेका कारण मतदान प्रभावित भएको थियो । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।
यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।