काठमाण्डौ। कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ । रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै तन्दुरुस्त देखिन्छन् । तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन ।
यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन् ।

