काठमाडौँ । तनहुँमा रहेको चन्द्रोदय आधारभुत विद्यालय मतदान केन्द्रमा सान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । विहान ७ बजेबाट यस केन्द्रमा मतदान सुरु भएको थियो । यस क्षेत्रका मतदाता दुग्ध उत्पादनमा लागेकाले विहानको समयमा भन्दा दिउसो मतदान गर्न आएका छन् ।
मतदान केन्द्रमा मतदाताहरु उत्साहित रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टि आएकाले यो पटकको चुनावले खुसी दिएको मतदाताहरुको भनाई छ । अहिले पनि मतदान निरन्तर चलिरहेको छ ।