• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङ स्थीत ई–टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ ।

    Advertisement

    आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो । बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो । यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो । दुवै विधाका रोबोटहरूले एउटै मार्गमा प्रतिस्पर्धा गरे तापनि नतिजा गणना गर्दा स्वायत्त नेभिगेसनलाई १.० र रिमोट कन्ट्रोललाई १.२ को भारित गुणांक दिइएको थियो ।

    यस प्रतिस्पर्धामा अनर कम्पनीका रोबोटहरूले वर्चस्व जमाउँदै शीर्ष तीनवटै स्थान हासिल गर्न सफल भए । अनरको चितियान दासेङ टोलीले पहिलो स्थान हासिल ग¥यो भने लेइतिङ सान्दियान टोली ५० मिनेट ५६ सेकेन्डका साथ दोस्रो र सिङहुओ लियाओयुआन टोली ५३ मिनेट १ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भयो । शीर्ष तीनवटै विजेताहरू स्वायत्त नेभिगेसन विधाका थिए ।

    अर्कोतर्फ, रिमोट कन्ट्रोल विधाबाट अनरकै जुइयिङ चितु टोलीको रोबोटले सबैभन्दा छिटो ४८ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । तर, खेलको भारित नियमअनुसार यसको नेट समय ५७ मिनेट कायम गरिएपछि यो शीर्ष तीनमा पर्न सकेन ।

    यस वर्षको प्रतिस्पर्धामा सहभागी टोलीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २० टोली सहभागी भएकोमा यस वर्ष १०० भन्दा बढी टोलीहरूले भाग लिएका थिए । गत वर्षको विजेता तियाङगोङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा दौड पुरा गरेको थियो, जसको तुलनामा यस वर्षको नतिजाले रोबोटिक प्रविधि, सन्तुलन, र एल्गोरिदममा भएको तीव्र विकासलाई दर्शाउँछ ।

    सहभागी रोबोटहरूले पहिलेको तुलनामा अझ स्थिर चाल, लामो समयसम्म टिक्ने क्षमता र परिष्कृत दौड शैली प्रदर्शन गरेका थिए । यो सफलताले भविष्यमा मानवरूपी रोबोटको प्रयोग खेलकुद र अन्य शारीरिक श्रमका क्षेत्रमा अझ प्रभावकारी हुने संकेत गरेको छ ।

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो
    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत
    दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

    • २.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • ३.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ४.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ५.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ६.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    • ७.
      दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    • ८.
      परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.