काठमाण्डाै । हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया आज मनाइँदै छ । आज जौको सातु खाएर र दान गरेर अक्षय तृतीया मनाइन्छ ।
जौको सातु र सर्बत वैशाखको गर्मीमा अमृत समान हुने हुँदा दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको चलिआएको परम्परा हो । जौको सातु र सर्बत खाएमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने स्वास्थ्य विज्ञले पनि बताउँदै आएका छन् । आज वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै अक्षय फल प्राप्त हुने अर्थात् यस दिन गरेको शुभ कामबाट कहिल्यै नाश नहुने विश्वास रहेको विज्ञहरुको भनाई छ ।