• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

नेपाल संवत् पूर्वसन्ध्यामा कांग्रेसको सांस्कृतिक र्‍याली

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा


  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरी बीचको कथा देखाइएको छ । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटा फिचर्ड छन् ।

    Advertisement

    अभिनेत्री खड्काले फिल्म ‘लालीबजार’ आमाको सङ्घर्ष र सफलताको कथा रहेको बताइन । उनले भनिन्, ‘लालीबजार मेरो लागि निकै स्पेसल फिल्म बनेको छ । मैले गरेका फिल्महरूमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने फिल्ममा यो पर्नेछ । म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु ।’
    अभिनेता रवीन्द्र सिंह बानियाँले फिल्मले एउटा महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताए । ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौँ, तर यो आमा र छोरीको कथा हो । बाध्यता, विश्वस्ता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ’, उनले भने ।

    निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् । ‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लगेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ । अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, फिल्ममा निर्देशकको दिमागसँगै उहाँको देखाई र बुझाइ मिसिएको छ’, कार्यकारी निर्माता प्रदीप भट्टराईले भने ।

    निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आट्र्सको सहकार्य भएको थियो । ‘षट्कोण आट्र्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो, सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो । मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ । त्यसरी लालीबजारको सुरुआत भएको हो’, निर्देशक थापाले भने ।

    फिल्मको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ’लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले आमाछोरीको कथामा फिल्म तयार भएको बताए । ‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो बादी समुदायको छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने । फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन् ।

    फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

    फिल्मको ट्रेलर षट्कोण आट्र्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

    फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

    शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत
    दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • २.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ३.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ४.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ५.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    • ६.
      दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

    • ७.
      परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ८.
      गरिब र श्रमिकको पक्षमा उभिन्छौँ : हर्क साम्पाङ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.