• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिन माग, घट्ना शंकास्पद

‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी

विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे के भन्छन् कोशीका विद्यार्थी नेता ?

गर्मी र आगलागी जोखिम न्यूनीकरणका लागि व्यापक तयारी आवश्यक

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश

बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

लोकप्रिय समाचार

  • १. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • २. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ३. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ४. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ५. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ६. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ७. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ८. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ९. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • १०. एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    Advertisement

    २५ शैयाको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा.लैला लामा ताङ्बेतानीका अनुसार अस्पतालको मुख्य उद्देश्य सीमित शैयाभित्र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउनु रहेको जानकारी दिइन् ।

    ‘हाम्रो अस्पताल संचालनको भनेको बुटिक हस्पिटलको कन्सेप्टमा अगाडि बढेका छौं । साइज सानो, बेडको संख्या कम भए पनि क्वालिटी अफ केयर हाइएस्ट दिनु हाम्रो उद्देश्य हो,’ उनले भनिन्।

    उनको अनुसार अस्पताल पूर्ण रूपमा डिजिटल प्रणालीमा सञ्चालन हुनेगरी विकास गरिएको छ । बिरामी दर्तादेखि उपचार प्रक्रिया, परीक्षण रिपोर्ट र अभिलेख व्यवस्थापनसम्म सबै डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ । दीर्घकालमा अस्पताललाई पूर्ण रूपमा ‘पेपर–फ्री’ बनाउने योजना छ ।

    उनले भनिन्,‘हामी पूर्ण रूपमा डिजिटल रूपमा अपरेट हुने अस्पताल बनाउँदैछौं। पेपर–फ्री बनाउने लक्ष्य हो । पेसेन्टको इन्फर्मेसनदेखि लिएर टेस्ट रिपोर्टसम्म सबै डिजिटलाइज हुनेछ ।’

    अस्पतालले उपचारसँगै बिरामीलाई अस्पतालजन्य संक्रमणबाट जोगाउने कुरालाई उच्च प्राथमिकता दिएको जनाएको छ । स्वच्छता, स्टरलाइजेसन प्रविधि र सुरक्षित उपचार वातावरणमा विशेष ध्यान दिइनेछ ।
    ‘पेसेन्ट यहाँ उपचार गर्न आउँदा संक्रमण लिएर जानु हुँदैन भन्ने मुख्य प्राथमिकता हो । त्यसैले स्टरलाइजेसन टेक्निक र क्लिनलिनेसमा विशेष फोकस गरेका छौं,’ उनले भनिन् ।

    विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी तथा कस्मेटिक एवं प्लास्टिक सर्जरीमा केन्द्रित भएर सेवा दिने जनाएको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुईवटा मोड्युलर अपरेशन थिएटर तयार गरिएको डाइरेक्टर ताङ्बेतानीको भनाई छ ।
    यसमा थप्दै उनले भनिन्,‘हाम्रो मोर फोकस अपरेटिभ ट्रिटमेन्टमा छ । विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी र कस्मेटिक सर्जरीमा छ । त्यसका लागि इन्टरनेसनल स्ट्यान्डर्डका ओटी तयार गरेका छौं ।’

    उनका अनुसार आगामी दिनमा एआई–आधारित असिस्टेड टेक्नोलोजी तथा रोबोटिक सर्जरीसमेत सेवा भित्र्याउने योजना छ । अस्पतालमा जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, डर्माटोलोजीलगायत विभिन्न चिकित्सा सेवा उपलब्ध हुनेछन् । साथै अर्थोपेडिक, ग्यास्ट्रो, युरो, ईएनटी तथा अन्य शल्य सेवाहरू पनि सञ्चालन गरिनेछ ।

    ‘हामीले सानो सेटअपमा नै मेडिकल र सर्जिकल सब–स्पेसालिटी सबै सेवा दिने योजना बनाएका छौं,’ उनले भनिन् ।
    डा. ताङ्बेतानीका अनुसार अस्पतालले बिरामी र उनका आफन्तलाई अनावश्यक झन्झटबाट मुक्त गराउने गरी सेवा प्रणाली विकास गरेको जनाएको छ । एउटै स्थानमा परामर्श, परीक्षण र उपचार उपलब्ध हुने व्यवस्था मिलाइनेछ । ‘पेसेन्ट र पेसेन्ट पार्टीले आफैं भागदौड गर्न नपरोस् भन्ने हिसाबले सेवाको डिजाइन गरेका छौं ।’

    बहु–विशेषज्ञ चिकित्सकीय सेवा

    अरिन हस्पिटलमा विभिन्न विधाका चिकित्सकीय सेवाहरू अन्तर्गत विशेषज्ञ परामर्श र उपचार उपलब्ध हुनेछ । यहाँ आउने बिरामीहरूले अनुभवी चिकित्सकबाट रोग पहिचान, उपचार, रोग व्यवस्थापन तथा आवश्यक परेको खण्डमा सम्बन्धित विशेषज्ञकहाँ सहज रेफरल सेवा प्राप्त गर्नेछन् । अस्पतालमा बहिरंग परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध हुनेछ । त्यस्तै, जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, हेपाटोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डर्माटोलोजी, अप्थाल्मोलोजी, मनोरोगविज्ञान, रुमाटोलोजीलगायतका सेवाहरु उपलब्ध गराइने अस्पताल प्रशासनको भनाइ छ ।

    यस्ता सेवाहरूले आकस्मिक प्रकृतिका रोगदेखि दीर्घकालीन जटिल स्वास्थ्य समस्यासम्मको पहिचान, उपचार र दीर्घ व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

    शल्य विशेषज्ञता

    हस्पिटलले विभिन्न शल्य विधामा पनि विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ । जसमा अर्थोपेडिक सर्जरी, प्लास्टिक तथा कस्मेटिक सर्जरी, स्त्री तथा प्रसूति शल्य सेवा, ईएनटी (कान, नाक, घाँटी) सर्जरी, युरोलोजिकल सर्जरी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी उपलब्ध गराइने जनाइएको छ ।
    अस्पतालका चिकित्सकसँग परामर्शका लागि आउने बिरामीलाई थप मूल्याङ्कन वा शल्य उपचार आवश्यक परेमा सम्बन्धित शल्य विशेषज्ञकहाँ सहज, छिटो र समन्वित प्रणाली अगाडि बढाइएको अस्पतालले जनाएको छ ।

    हस्पिटलको बहिरंग सेवा विभाग (ओपीडी) बिरामीका लागि परामर्श, रोग पहिचान र उपचार योजना तय गर्ने प्रमुख प्रवेश बिन्दु मानिएको छ ।
    हस्पिटलमा आधुनिक शल्य मापदण्डअनुसार निर्मित अत्याधुनिक मोड्युलर अपरेशन थिएटरहरू रहने र जसले निष्कलंकता, सुरक्षा र सटीकतालाई उच्च प्राथमिकता दिने हस्पिटल प्रशासनको दाबी छ । यस्ता शल्य कक्षहरूमा जोइन्ट रिप्लेसमेन्ट सर्जरी, कस्मेटिक सर्जरी, न्यून चिरफारबाट गरिने शल्य प्रक्रिया तथा अन्य जटिल शल्य उपचारहरू सञ्चालन गर्न सकिनेछ । अस्पतालको प्रयोगशाला सेवा नेसनल रेफरेन्स लेबोरेटरीले (एनआरएल) व्यवस्थापन गर्ने जनाइएको छ ।

    इमेजिङ तथा निदान प्रविधि

    अस्पतालमा हाल अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी (इको), डिजिटल एक्स–रे, एन्डोस्कोपी, कोलोनोस्कोपी, सिग्मोइडोस्कोपी, इलेक्ट्रोकार्डियोग्राफी, होल्टर मोनिटरिङ, पल्मोनरी फङ्सन टेस्ट सेवाहरू अस्पतालभित्रै एकीकृत रूपमा उपलब्ध हुने जनाइएको छ । साथै अस्पतालमा पाँचवटा सुव्यवस्थित भर्ना क्याबिन समेत उपलब्ध गराइएको छ । साथै हस्पिटलमा १० शैयाको जनरल वार्ड पनि रहने जनाइएको छ । हस्पिटलमा पूर्ण रूपमा सुसज्जित आईसीयू र छुट्टै पोस्ट–अपरेटिभ रिकभरी क्षेत्र रहने जनाइएको छ । फिजियोथेरापी तथा पुनस्र्थापना सेवा प्राथमिकतामा राखिएको छ ।

    अस्पतालमा विशेषगरी जोर्नी तथा मांसपेशीसम्बन्धी चोटपटक, शल्यक्रियापछिको पुनस्र्थापना, खेलकुदजन्य चोट, दीर्घकालीन दुखाइसम्बन्धी समस्या, हिँडडुल वा गतिशीलतामा सीमितता, स्नायू तथा मांसपेशीसम्बन्धी समस्या, फिजियोथेरापी विभागको मुख्य उद्देश्य बिरामीलाई शारीरिक गतिशीलता पुनःस्थापित गराउने लक्ष्य लिएको जनाएको छ ।

    हस्पिटलले बिरामी र परिवारलाई उपचार प्रक्रियामा सहजता दिलाउन संरचित उपचार प्याकेजहरू पनि ल्याउने जनाएको छ । उपलब्ध प्याकेजहरूले परामर्शदेखि परीक्षण, शल्यक्रिया र पुनःस्थापनासम्मको सम्पूर्ण उपचार प्रक्रियालाई थप व्यवस्थित, स्पष्ट, अनुमानयोग्य र सुविधाजनक बनाउने लक्ष्य लिएको छ ।

    नेपालमा स्वास्थ्य सेवा दिने तरिका र बिरामीले स्वास्थ्य सेवा अनुभूति गर्ने ढाँचामै परिवर्तन ल्याउने दृष्टि रहेको र उन्नत चिकित्सकीय प्रविधि, विभिन्न विधाका अनुभवी विशेषज्ञ, तालिमप्राप्त स्वास्थ्यकर्मी र एकीकृत डिजिटल प्रणालीको संयोजनमार्फत अस्पतालले दक्ष, सुरक्षित र बिरामीमैत्री स्वास्थ्य वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिन माग, घट्ना शंकास्पद
    ‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी
    विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे के भन्छन् कोशीका विद्यार्थी नेता ?
    गर्मी र आगलागी जोखिम न्यूनीकरणका लागि व्यापक तयारी आवश्यक
    ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
    बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

    Facebook Page

    लोकप्रिय

    • १.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • २.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ३.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ४.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ५.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    • ६.
      पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

    भर्खरै

    • १.
      सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिन माग, घट्ना शंकास्पद

    • २.
      ‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी

    • ३.
      विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे के भन्छन् कोशीका विद्यार्थी नेता ?

    • ४.
      गर्मी र आगलागी जोखिम न्यूनीकरणका लागि व्यापक तयारी आवश्यक

    • ५.
      ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश

    • ६.
      बागमतीमा टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्री बानियाँको प्रतिवद्धता

    • ७.
      घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

    • ८.
      पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.