काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडीमा राति अज्ञात समूहले आक्रमण गरेको छ । दमौली बजार स्थित सन्तोष होटेल अगाडी पार्किङमा राखिएको बा ११ च ४२५० नम्वरकाे कारकाे पछाडिको बायाँ तर्फको ढोकाको सिसा फोडिएको हाे ।
डा. स्वर्णिम वाग्लेले रिसगर्नेहरु धेरै छन् भन्ने अभिव्यक्ति दिईरहेकै बेला यस्तो आक्रमण हुनु ले सुरक्षामा प्रश्न उठेको छ । मौन अवधि सुरु भएकै राति गाडिको तोडफोड भएको हो । यस घट्नाबारे थप विवरण भने आउन बाँकी छ ।