अप्सरा धमला ,काठमाडौँ । । अहिले चितवनमा तापक्रम अत्यधिक छ । यहाँको मौसमी गर्मी जति बढ्दो छ, राजनीतिक चर्काचर्की त्योभन्दा कम छैन । चितवन २ मा अब हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर दलहरूले भरतपुरलाई शक्ति केन्द्र बनाएका छन् । युवा पुस्ता उदाएको गठबन्धन नेताहरूलाई मन परेको छैन । अब घण्टीले नतिजा कस्तो ल्याउने हो दलहरु आत्तिएका पनि देखिन्छन् । आजबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि चुनावी प्रचारप्रसार गर्न पाईदैन ।
केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादले गर्दा पदमुक्त हुनु भयो । अहिले सोहि रविलाई लिएर मुख्य दलहरुले चर्चाको विषय बनाएका छन् । जस्तो कि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदय राणा लगायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा गएर रवि लामिछानेलाई टुरिष्ट नेता भन्न सम्म भ्याउनु भयो । अझ भरतपुरकी मेयर रेणु दाहालले त चुनावी सभालाई सम्बोधन गर्दै नयाँ व्यक्तिले हामीलाई काम गर्न दिदैनन् भनेर जनतालाई सचेत रहन आग्रह नै गर्नु भयो ।
४ मंसिरको चुनावमा भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला तातो घाममा घरदैलो कार्यक्रममा हिडिरहनु भएको छ। यसअघि ४९ हजार ३०० मत ल्याएर विजयी भएको पृष्ठभूमिमा फेरि सहज जित निकाल्न दौडधुप छ । उहाँ १ को सट्टा ३ संसद लिएर प्रवेश गर्ने दाउमा लाग्नु भएको छ । चितवनमा घण्टिको जयजयकार सुनिन्छ ।
दोस्रो पटकको चुनावी माहोल पहिलाको जस्तो छैन भन्ने लाई लामिछानेले ‘हो छैन पक्कै छैन, पहिला भन्दा झन बढी मत आउने आशा गरेको छु’ भन्ने प्रतिक्रिया दिनु भएको छ । रवि अरु पार्टिका नेता भन्दा ठिक विपरीतभएको जनताले बताएका छन् । उहाँले कोही उम्मेदवारलाई लक्षित गरेर टिप्पणी गरेको सुनिएको छैन । बरु पार्टीभित्र देखा परेका विवादहरूबारे स्पष्टीकरण दिंदै आफूहरू विरुद्ध घेराबन्दी गरिएको बताउने गर्नु भएको छ । आज विहिबार घरदैलोको अन्तिम दिन भएकाले झनै व्यस्तता देखिन्छ । अहिलेको चितवनको माहोल हेर्दा जनताले घण्टिको जित सुनिश्चित भएको प्रक्षेपण गरेका छन् ।

