काठमाडौं । काठमाडौं उपत्यकामा गर्मी बढेसँगै तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको छ ।
हिजो मंगलबार अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियससम्म पुगेको थियो । सामान्यतया अप्रिल महिनामा काठमाडौंको औसत तापक्रम २८ डिग्री हुने गरेको छ । काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना पनि नरहेको विभागले जनाएको छ । बिहीबारपछि मौसम बदली रहने र बादल लाग्ने विभागको पूर्वानुमान छ ।