×
बुधबार, साउन ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-


विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ६. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ७. माओवादीको पदाधिकारी बैठक बस्दै

  • ८. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ९. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • १०. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता


  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।

    Advertisement

    चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

    यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६४ करोड नौ लाख, भदौमा रु तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा रु एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु तीन अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

    यस्तैगरी, मङ्सिरमा रु ८० करोड आठ लाख, पुसमा रु चार अर्ब ८५ करोड २० लाख, माघमा रु एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा रु पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा रु छ अर्ब ३२ करोड, असोजमा रु एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा रु ९८ करोड, मङ्सिरमा रु पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा रु ५३ करोड ९५ लाख र फागुनमा रु दुई अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

    त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत रु दुई अर्ब ११ करोड ६ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ विदेश लैजान सिफारिस गरेको हो ।

    यस्तै, रोयल्टीबापत चैत महिनामा रु बीस करोड ६० लाख नौ हजार पाँच सय २६, ७३ हजार तीन सय १३ अमेरिकी डबर, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

    चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी
    एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर
    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू
    गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु
    नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    • ६.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    भर्खरै

    • १.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • २.
      एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

    • ३.
      मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

    • ४.
      गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

    • ५.
      नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

    • ६.
      अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-

    • ७.

    • ८.
      विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.