काठमाडौं । केही दिन यतास्थिर रहेको सुनको मूल्य बुधबार पुन बढेको छ । मूल्य बढेसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । प्रतितोला फाइन गोल्डमा ३०० रुपैयाँ र तेजाबी गोल्ड २५० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।