काठमाडौँ । विहीवार राती ७ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विद्युत आपूर्तिको लागि नयाँ ब्याकअप राख्न रातको समय पारेर विमानस्थल बन्द गर्ने र ब्याकअफ फिट गर्ने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले बताउनु भएको छ । उहाँका अनुसार विहीवार विहान १ बजेदेखि ७ वजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण ठप्प हुने छ । यो समयमा उडान भएका यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरेर टिकट सार्नुपर्ने विमानस्थलका प्रवक्ताले बताउनु भयो।
यो समयमा अन्तर्राष्ट्रिय उडान सकिसकेको हुने भएकाले विहानीपख ६ वजेपछिका आन्तरिक उडान प्रभावित हुने भएका छन । विहान ६ बजेदेखि नै हुने आन्तरिक उडान भने ८ बजेसम्मलाई प्रभावित हुने भएका हुन् ।