काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गर्ने राम्रो काममा आफ्नो पार्टीको सहयोग हुने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका अध्यक्ष साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले नराम्रो गर्न खोजे खबरदारी गर्ने बताए ।
उनले भने, ‘हामी सरकारलाई प्रतिपक्षमा रहेर प्रश्न गर्छौँ सहयोग गर्छौँ। सरकारले गर्नुपर्ने काम जे छ त्यसलाई प्रतिपक्षले पनि सहयोग गरिरहेको हुन्छ। आलोचनाबाट पनि सिकिरहेको हुन्छौँ। विरोधहरूबाट पनि सिक्नुपर्छ। म कता जाँदै छु भन्ने कुराहरू हामीलाई निर्धारण गरिदिन्छ। त्यसले गर्दा हामी सरकारलाई सघाउने पक्षमा नै छौँ।’ हर्क साम्पाङ्ग सपथ ग्रहण गर्न पुगे

