काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किनु भएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका १० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहनु भएको छ ।
उहाँहरूले पीडितबाट ‘पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईंले लगेर साट्नु’ भन्दै प्रलोभनमा पार्नु भएको थियो । उहाँहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।