कैलाली। कैलालीको खक्रौला भन्सारनजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका– ९ का ४० वर्षीय रामबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोग छ । पक्राउ परेका साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको छ ।
साउदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएइको छ । मंगलबार टीकापुरका व्यवसायीको सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेपछि विवाद हुँदा गुल्ममा आक्रमण भएका थियो ।

