चैत ५,काठमाडौँ । समानुपातिक सांसदहरूले बिहीबार निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए । एक सांसद आफ्नो काँखे बच्चासहित आयोगमा प्रमाणपत्र लिनका लागि निर्वाचन आयोग पुगेकी छन् । उनी रास्वपा सांसद समिना मिया हुन् । यस्तै कोही सांसद महँगा गाडीमै निर्वाचन आयोगमा पुगेका छन् भने कोहीचाहिँ सार्वजनिक यातायात र मोटरसाइकलमा समेत आयोग पुगेका छन् ।

