चैत्र ३,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जनताबाट गरुङ्गो वैधता लिएको बताएका छन् । नवनिर्वाचित सांसदको अभिमुखीकरणमा तथा परिचयात्मक कार्यक्रममा उनले आफ्नो दलले प्राप्त गरेको जनादेशलाई ऐतिहासिक जिम्मेवारीका रूपमा अर्थ्याए ।
उनले पार्टीलाई प्राप्त मत २०१५ सालमा कांग्रेसले पाएको दुईतिहाइ मतभन्दा पनि दुई कदम पर रहेको बताए । वाग्लेले ४८ प्रतिशत मत प्राप्त भएको हुँदा वाचापत्रको थिमअनुसार दक्षता पूरा गर्नुपर्ने बताए ।
उनले पछिल्लो इतिहासलाई हेर्दा २०४८, २०६४ र २०७४ पछिको ठूलो जिम्मेवारी पाएको भनेका छन् । प्राप्त जिम्मेवारीले कत्ति पनि समय खेर नफाली काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘यो कलेज जस्तै हो । ब्याक टु कलेज हो’, उनले भने ‘पदको गरिमालाई त्यहाँ पुर्याउने अहम भूमिका खेल्नुपर्छ ।’

