आकांक्षा पोख्रेल, भरतपुर । चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेका गाडीचालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते हुनु भएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित लामिछानेको घरको छतबाट खस्दा निजका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको हो।
गम्भीर घाइते हुनु भएका थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।