• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

आज दुई वटा समितिको बैठक बस्दै

आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम,अब के हुन्छ ?


  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • फाल्गुन २७,काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । यस अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको देखिएको छ । यो मतका आधारमा ११० समानुपातिक सिटको बाँडफाँट हुनेछ ।

    Advertisement

    कसरी हुन्छ बाँडफाँट?

    समानुपातिक निर्वाचन प्रणाली अनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा विधि निर्धारण गरिएको छ । यस अनुसार सुरुमा सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर गणना गरिन्छ ।

    यसपटक समानुपातिकतर्फको अन्तिम मतगणना १ करोड ७ लाख ३९ हजार ११५ रहेकोमध्ये भिन्न दलले निम्नानुसार मत प्राप्त गरेका छन् ।

    रास्वपा : ५१३९२३५ (४७.८६ प्रतिशत)
    कांग्रेस: १७४९५८३ (१६.२९ प्रतिशत)
    एमाले: १४४८८५४ (१३.४९ प्रतिशत)
    नेकपा: ८०५७७३ (७.५० प्रतिशत)
    श्रम संस्कृति: ३७८६४९ (३.५३ प्रतिशत)
    राप्रपा: ३२९४७२ (३.०७ प्रतिशत)
    थ्रेसहोल्ड भन्दा कम
    जसपा: १७४३१७ (१.६२ प्रतिशत)
    जनमत: ७८९७३ (०.७३ प्रतिशत)

    अरु दलहरूको पनि योभन्दा कम मत प्राप्त भएको छ जुन यहाँ उल्लेख गरिएको छैन । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्नेगरी थ्रेसहोल्ड निर्धारण गरेको छ । यस अनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन ।समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ । सातौँ नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ । त्यसैले ६ वटा दलले प्राप्त मतलाई मात्रै यो बाँडफाँटका लागि गणना गरिन्छ ।

    अब तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत जोडौँ । यो ९८ लाख ५१ हजार ५६६ हुन आउँछ । यो मतलाई कुल समानुपातिक निर्वाचनको कुल सिट संख्या ११० ले भाग गर्दा ८९ हजार ५६० मत हुन आउँछ । यसरी आउने अंकलाई ‘भाजक’ भनिन्छ ।

    अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ ।

    यहाँ रास्वपाले पाएको ५१,३९,२३५ मतलाई भाजक (८९५६०) ले भाग गर्दा ५७.३६ आउँछ । यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ३४,३१५ मत बाँकी रहन्छ ।

    त्यसैगरी, कांग्रेसले पाएको १७,४९,५८३ मतले उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४७,९४३ मत बाँकी रहन्छ ।

    एमालेले पाएको १४,४८,८५४ मतले सोही भाजक अनुसार १६ सिट प्राप्त गरी १५,८९४ मत बाँकी रहन्छ ।

    नेकपाले पाएको ८,०५,७७३ मतले भाजकले भाग गरेर हेर्दा ८ सिट प्राप्त गरी ८९,२९३ मत बाँकी हुन्छ ।

    श्रम संस्कृति पार्टीको ३,७८,६४९ मतलाई भाजकले भाग गरेर हेर्दा ४ सिट प्राप्त गरी २०,४०९ मत बाँकी हुन्छ ।

    राप्रपाको ३,२९,४७२ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरी ६०,७९२ मत बाँकी हुन्छ ।

    अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोडौँ । यसो गर्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी ३ सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एक/एक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।

    यहाँ बाँकी मतको अवस्था यस्तो छ ।

    नेकपा: ८९,२९३
    राप्रपा: ६०,७९२
    कांग्रेस: ४७,९४३
    रास्वपा: ३४,३१५
    श्रम संस्कृति: २०,४०९
    एमाले: १५,८९४
    यहाँ बाँकी ३ सिटमध्ये नेकपा, राप्रपा र कांग्रेसलाई १/१ सिट थपिने देखिन्छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४/४ सिट प्राप्त गर्ने देखिन्छ ।

    यो परिणाम प्राप्त मतको आधारमा हो । अन्तिमसम्मको मतगणनाले यसमा केही फरक पार्नसक्ने सम्भावना कायम भए पनि प्राप्त मतको प्रवृत्ति हेर्दा यही सिट संख्या कायम हुने सम्भावना बढी छ ।

    अनुसार आगामी संसदमा, रास्वपाको १२५+५७=१८२ सिट, कांग्रेसको १८+२०=३८ सिट, एमालेको ९+१६=२५ सिट, नेकपाको ८+९=१७ सिट, श्रम संस्कृतिको ३+४=७ सिट र राप्रपाको १+४=५ सिट आउने देखिन्छ ।

    प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । अहिले १८२ सिट पाएको रास्वपालाई दुई तिहाइ पुग्न २ सिट अपुग हुने देखिन्छ ।

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
    विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत
    कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल
    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ६.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    भर्खरै

    • १.
      एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    • २.
      सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

    • ३.
      प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

    • ४.
      नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

    • ५.
      प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

    • ६.
      आज दुई वटा समितिको बैठक बस्दै

    • ७.
      आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

    • ८.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.