काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद सोविता गौतमले यसपालि मत परिवर्तन गर्न जनतालाई आग्रह गर्नु भएको छ । तनहुँ व्यास नगरपालिका वडा नम्बर ११ मा भएको एक कार्यक्रममा तनहुँ १ बाट उपनिर्वचनका निम्ति उमेद्वार बन्नु भएका डा.स्वर्णिम वाग्लेलाई भोट माग्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो । उहाँले भन्नु भयो, ‘यस पटक जे सुकै होस तपाईहरुले आफ्नो मत परिवर्तन गरेर हेर्नुस र आफ्नो मत मार्फत आफ्नो सपनालाई गति दिनको लागि तपाईहरुले प्रयास गर्नु हुन्छ भन्ने कुरामा म विश्वास राख्छु ।’
उहाँले फेरी भन्नु भयो, ‘यहाँहरुले वर्षौ देखि भोट हाल्दै आउनु भयो वर्षौ देखि यो बाद त्यो बादको बारेमा हामीले चर्चा गरिरयौँ, तर जे बादका बारेमा चर्चा गरेपनि अब बादको बेला हैन सम्बादको बेला हो । आज हामी असल सम्बाद गर्न तपाईहरुको माझ आएका छौँ । डा.स्वर्णिम वाग्लेलाई तपाईहरुको यस गाँउबाट भारि मतका साथ विजयी गराउनु हुन्छ भन्ने कुरामा म विश्वास राख्छु ।’
डा.स्वर्णिम वाग्लेले नेपालको मात्र नभएर विश्व भरिकै आर्थिक अवस्थाको बारेमा अध्ययन गरेको उहाँको भनाई छ । डा. वाग्लेलाई भोट हाल्दिए उहाँ भित्रको जादुले काम गर्ने र नेपालमा उत्पन्न भएको आर्थिक संकटले कोल्टे फेर्ने उहाँले दावि गर्नु भयो ।